पोउवा निर्वाचनः १५ सय मत गन्दा पत्रकार लौडारी ‘सेकन्ड लास्ट’
पाेखरा | भदौ २६, २०७९
पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार ५ सय मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् भने पत्रकार हिमनिधि लौडारी १८ औं स्थानमा छन् ।
सुवेदीले ९ सय ४१ मतकासाथ अग्रता लिँदा पत्रकार लौडारीको ५ सय ५५ मत आएको छ । उनले दुर्गा रन्जित श्रेष्ठलाई १० मतले जितेका छन् ।
सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १० जना निर्वाचित हुनेछन् । लौडारी पोखरेल प्यानलका उम्मेदवार हुन् ।
निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।
संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

